दमक/ दमकमा आज शनिवारदेखि दश दिवसीय दार्शनिक प्रवचन हुने भएको छ । दमक ८ स्थित राधा गोविन्द साधना केन्द्रको राधे राधे सभाहलमा हुने वृहत प्रवचनमा सनातन बैद्धिक धर्म भक्ति मार्गका प्रचारक रामदासजीले प्रवचन दिने केन्द्रका अध्यक्ष मानबहादुर वुढाथोकीले जानकारी दिए ।
उनका अनुसार प्रवचन दैनिक अपरान्ह ४.३० वजेदेखि साँझ ६ वजेसम्म हुने छ । उनले भगवानलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा आध्यात्मिक प्रवचन दिने छन् ।
वृहत प्रवचनको पूर्वसन्ध्यामा साधना केन्द्रले शुक्रवार विहान रक्तदान सम्पन्न भएको थियो । त्यस्तै प्रवचन सफल वनाउन आज शनिवार विहान कलश यात्रा निकाल्ने तयारी छ । राधा माधव सेवा समितिबाट अलग्गिएपछि विधिवत दुई महिना अघि दर्ता भएको सो साधना केन्द्रले पहिलो पटक वृहत प्रवचनको तयारी गरेको उपाध्यक्ष प्रल्हाद कुमार पौडेलले बताए ।