भोजपुर/ भोजपुरको षडानन्द नगरपालिका-६ बाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका-६ का ६७ बर्षीय कुमार चाम्लिङ रहेका छन । हिजो बेलुकी ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाई स्थानियलाई धाक धम्कि दिई रहेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक गोबिन्द बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले चाम्लिङलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । पेस्तोल सहित पक्राउ परेका चाम्लिङको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।

 

Facebook Comments Box