दमक/ झापाको दमकस्थित लाइफलाइन अस्पताल अगाडी मोटरसाइकलको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ ।
उत्तर –दक्षिण बेलडाँगी सडकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र१–०१–०१६प ६८६ नम्बरको मोटरसाइकलको ठक्करबाट दमक ६ का ८१ बर्षिय कमलकुमार राईको मृत्यु भएको हो ।
आइतबार राती करिब साढे १० बजे भएको सो दुर्घटनाका घाईते राईको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा सोमबार (आज) बिहान साढे ३ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल चालक दमक १ का १८ बर्षिय आयुष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।