सप्तरी/ सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडा अध्यक्ष रहमान मियाँ कारागार चलान भएका छन् । सामाजिक सुरक्षा वितरण र नागारिकता किर्ते गरेको आरोपमा पूर्पक्षका लागि अध्यक्ष मियाँलाई आइतबार कारागार चलान गरिएको हो ।

वडा अध्यक्ष मियाँको मिलोमतोमा २१ जनाले ८३ लाख ४१ हजार १ सय ८ रुपैया सामाजिक सुरक्षाभत्ता हिनामिना भएको आरोप छ ।
एउटै ब्यक्तिको नाममा दुई वटा नागरिकता प्रचलनमा ल्याई सामाजिक सुरक्षा भत्ता निकासा गरी सरकारी रकम ८३ लाख ४१ हजार १ सय आठ बराबरको रकम हिनामिना गरी सरकारी कागज किर्ते तथा नागरिकता किर्ते गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सरकारी कागत तथा नागारिकता किर्ते मुद्दामा फरार रहेका वडा अध्यक्ष मियाँलाई मिति २०७९ पुस २१ गतेका दिन जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा नम्बर ८ स्थितमा घुमिर रहेको अवस्थामा प्रहरीले पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराई आइतबार पुर्पक्षको लागि कारागार चलान गरेको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए । उनी नेकपा एमालेको तर्फबाट गत स्थानीय तहमा निर्वाचित वडाध्यक्ष हुन ।