विराटनगर/ मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वमा रहेको प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज आइतबार अन्तिम बैठक बसेको बसेको छ । १४ महिना ८ दिनको आफनो कार्यकालको अन्तिम दिन मुख्यमन्त्रीमा नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुँदै गर्दा आइतबार बसेको बैठकले प्रदेश सरकार सञ्चालनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
मुख्यमन्त्री राईको अध्यक्षतामा बसेको बैठकले सरकार सञ्चालनका क्रममा आजका मितिसम्म सहयोग गर्ने सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारलाई सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रदेश नं. १ मा राजेन्द्रकुमार राई मिति २०७८ कात्तिक १६ गते मुख्यमन्त्री हुनुभएको हो । उहाँ प्रदेश नं. १ को तेस्रो मुख्यमन्त्री हुनुहुन्छ ।