दमक/झापाको कमल १ का एक युवकले आफ्नै बाबुलाई चिर्पटले हिर्काएर हत्या गरेका छन् ।
घरायसी विवादका क्रममा स्थानीय ३० बर्षिय छोरा प्रकाश थापाले आज बिहान ७० बर्षिय बाबु सूर्यबहादुर थापाको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हत्या गर्ने प्रकाशलाई प्रहरीेले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।