दमक/ नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको आज सम्पन्न निर्वाचनको मत गणना सम्पन्न भएको छ ।

रेडक्रस भवनमा भएको सचिव, उपसचिवसहित कार्यसमितिहरुको मत परिणाम सार्वजनिक भएको हो । प्राप्त मत परिणाम अनुसार सोसाइटीको दमक उपशाखा सचिवमा घनश्याम कोइराला ३१४ मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी तिर्थराज बस्नेत शंकरले २५२ मत ल्याएका छन ।

त्यसैगरी उपसचिवमा बबरजंग थापा (किरण) ४३८ मत अर्थात भारी मतान्तरसहित विजयी हुँदै गर्दा उनका प्रतिस्पर्धी अनिल सुवेदीले १२० मत प्राप्त गरेका छन । कार्यसमिति सदस्य महिला तर्फ मैना दाहाल ३१८ मतसहित विजयी भएकी छिन भने पुरुष तर्फ कार्यसमिति सदस्यमा सुमनकुमार नेपालले सर्वाधिक ४६० मत ल्याएर विजयी भएका छन । सदस्यमा नै डा. सूर्यनारायण साहले ४४७ मत, ध्रुवप्रसाद न्यौपानेले ४३९ मत र पारसमणी आचार्यले ३६३ मत ल्याएर विजयी हासिल गरेका छन ।

Facebook Comments Box