दमक/  दमकबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका वडा नं। १ श्रीपाली चोकबाट ३९ बर्षिय धनराज आले र दमक चियादोकान चोकबाट २६ बर्षिया अनिसा कार्कीलाई बुधबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाइकलमा रहेका ईलाम फाकफोकथुम गाउँपालिका वडा नं। ४ घर भई हाल दमक नगरपालिका वडा नं। १ कुमाल चोकका आलेलाई ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ८०० मिलिग्रामसहित पक्राउ गरेको हो । कार्कीको साथबाट २ ग्राम लागुऔषध फेला परेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

Facebook Comments Box