दमक/ नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको सभापतिसहित चार पदाधिकारी निर्विरोध निर्वाचित भएका छन ।
सभापतिमा पुनः प्रकाश बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ भने उपसभापतिमा गोमादेवी प्रसाइँ, कोषाध्यक्षमा सीता कार्की र उपकोषाध्यक्षमा प्रकाश बस्नेत निर्विरोध निर्वाचित भएका हुन । उपशाखाको सचिव र उपसचिव पदमा भने दुई र दुई जनाको उम्मेदवारी कायम रहेको छ ।
सो पदमा एक जना आवश्यक रहेकोमा रेडक्रसमा लामो समयदेखि क्रियाशील घनश्याम (जीएस) कोइराला र तिर्थराज बस्नेत ( शंकर) दुवै जनाको उम्मेदवारी कायम रहेको हो ।
त्यस्तै उपशाखाको उपसचिव एक पदमा पनि बबरजंग थापा ( किरण) र अनिल सुवेदीको उम्मेदवारी कायम रहेको जनाइएको छ । महिला सदस्य १ का लागि मैना दाहाल र दुर्गा चुँडालको उम्मेदवारी कायम रहेको छ । त्यस्तै सदस्यहरुमा ४ का लागि ६ जना सर्वकुमार कार्की, डा. सूर्यनारायण साह, पारसमणी आचार्य, सुमनकुमार नेपाल , सुरेन्द्रकुमार श्रेष्ठ र ध्रुवप्रसाद न्यौपानेको उम्मेदवारी कायम रहँदा ति पदमा पनि मतदानको अवस्था आएको हो । उपशाखा दमकको निर्वाचनमा आउँदो शनिबार मतदानको कार्यक्रम रहेको छ ।