झापाको बुद्धशान्तिमा आज मङ्लबार भएको दुर्घटनामा एक जनाको भएको छ ।
१ः३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं. ३ झिल्मिले पुलस्थित मेची राजमार्गमा को २० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक मोरङ केराबारी गाउपालिका वडा नं. ८ का २१ ब्र्षिय योसन लिम्बुको मृत्यु भएको हो ।
सोही मोटरसाइकल पछाडी सवार बेलबारी नगरपालिका वडा नं. ४ की १७ बर्षिया लिला श्रेष्ठ घाइते भएकी छिन । ट्याक्टर चालक जिल्ला इलाम रोङ गाउँपालिका वडा नं.४ का डिल्ली बहादुर लेप्चालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।