उर्लाबारी नगरपालिकाले भोली शुक्रबार एक दिनका लागि स्थानीय विदा दिएको छ ।
नगरपालिकाले स्थानीय सरकारको हैसियतमा विश्व आदिवास दिवस मनाउन नगर सार्वजनिक विदा दिएको हो । नगरपालिकाका तर्फबाट नगर प्रमुख खड्ग फागोले हस्ताक्षर गरी जारी गरेको सूचनामा सो कुरा उल्लेख छ ।
भोली ९ अगष्ट अर्थात विश्व आदिवासी दिवस हो । दिवसको सन्दर्भ पारेर झापाका आदिवासी जनजातीहरुले भने भोली कमल ५ स्थित अलपत्र अवस्थामा रहेको आदिवासी रंगशाला परिसरमा दिवस विशेष कार्यक्रम र्ने सार्वजनिक भईसकेको छ । 