दमक/ मोरङको रंगेली नगरपालिका–१ बवियाबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार अपरान्ह साढे ४ बजे मनोज राजवंशीको गुवाली, कुखुराको खोर र परालको टाँल भित्र लुकाएको अवस्थामा लागुऔषध गाँजा बरामद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १५ बोरा (३५० के.जी.) गाँजा सहित ४० बर्षीय मनोज राजवंशी र अवैध गाँजा ओसार पोसारमा संलग्न धनकुटा सहिदभुमी गाउपालिका – २ का २९ बर्षीय बेचन भन्ने हस्त राई सहित प्रदेश नम्बर १–०२–०५० प २७९२ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

Facebook Comments Box