दमक/ गौरीगञ्ज गाउँपालिका वडा नं १ ले वडाका विपन्न २४ परिवारलाई जाडोमा न्यानो सिरक वितरण गरेको छ । कार्यालयले बढदो जाडोका कारण प्रभावित भएका वडा भित्रका विपन्न २४ बिपन्न परिवारलाइ सिरक बितरण गरेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए ।
गत बर्षकै योजनामा खरिद गरिएका ति सिरक यो बर्ष पुन वडा समितीले निर्णय गरेर वितरण गरिएको वडाध्यक्ष राजवँशीले बताए ।
ति सिरक वडाध्यक्ष राजवंशीसहित वडा सदस्यहरु राजभक्त सुनुवार, दुर्गा परियार, रेखा राजवँशी लगायतको उपस्थितीमा कार्यालयबाटै वितरण गरिएको हो ।