दमक/ झापा शिवसताक्षी नगरपालिका वडा न. ११ स्थित दुधेमा आएका चार वटा हात्तीले एउटा घर भत्काउनुका साथै आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान करिब साढे २ बजे हात्तीले शान्तिराम भण्डारीको व्लकबाट बनेको एक तले घर भत्काउदा व्लकले टाउकोमा लागेर बेहोस भएकी भण्डारीकी श्रीमती ६१ बर्षिया कृष्णमाया भण्डारीको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।