दमक/ झापाको बुद्धशान्ति गाउँपालिका– ३ बुधबारे बजारबाट प्रहरीले तीन जना बालकलाई बेवारिसे अवस्थामा उद्धार गरेको छ ।
आज दिउँसो बुधवारे बजारमा ३ जना बालकहरु बेवारिसे अवस्थामा भेटिएका थिए । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ बर्षीय एन्जल लिम्बु, ११ बर्षीय सुशील लिम्बु र १० बर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उद्दार गरेको हो । उद्दार गरिएका तीनै जना बालकहरुलाई जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरीस्थित रहेको अस्थायी संरक्षण केन्द्रमा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
