दमक/ प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आइतवार बस्ने भएको छ । नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो ।
त्यस्तै, प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ ।