दमक/ दमकमा क्रियाशील सामाजिक संस्था असहाय मानव सेवा समाजले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

संस्थाले शनिबार दमक ८ स्थित ज्येष्ठ नागरिक जिल्ला संघको कार्यालयमा आयोजना गरेको चुनावी साधारण सभा तथा दोश्रो अधिवेशनबाट अध्यक्षमा लोकमाया ढुंगाना (सजु बुढाथोकी) निर्विरोध निर्वाचित भएकी हुन । बुढाथोकी यसअघि चेतना निरौलाको अध्यक्षतामा रहेको कार्यसमितिमा उपाध्यक्ष थिइन ।

संस्थाको कार्यसमिति सदस्यहरुमा प्रेमकुमारी रिजाल(पुनम), अमृत विष्ट , देवराज दंगाल र कृष्ण भट्टराई चयन भएका छन । निर्वाचित सदस्यहरु ४ जना मध्येबाट अन्य पदाधिकारीहरु चयन हुने निर्वाचन समिति सदस्य ओम खनालले जानकारी दिनु भयो । पदाधिकारीहरुको जिम्मेवारी बाँँडफाँड निर्वाचित समितिको पहिलो बैठकले गर्ने व्यवस्था अनुरुप कार्यसमिति उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षको चयन हुने खनालले बताउनु भयो ।
संस्थाकी अध्यक्ष चेतना निरौलाको अध्यक्षता र दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश)को प्रमुख आतिथ्यमा भएको साधारण सभामा ज्येष्ठ नागरिक जिल्ला संघ दमक नगर अध्यक्ष रघुनाथ खरेल, लक्ष्मी प्रसाद थपलिया, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानकी केन्द्रीय सदस्य दुर्गा काफले दमक ८ का वडा सचिव निधि ढुंगेल लगायतको आतिथ्य रहेको थियो ।
सो अवसरमा संस्थाले सहभागी बृद्धबृद्धाहरुलाई सामुहिक भोजन समेत गराएर खुशी साटासाट गरेको थियो ।
सो संस्थाले कोरोना महामारीका समयमा भोकालाई भोजन कार्यक्रम सञ्चालन गरेर सडक पेटीमा बस्ने तथा लकडाउनका कारण अलपत्र परेका नागरिकहरुलाई खाना खुवाउने कार्यक्रम सञ्चालन गरेको थियो भने असहाय, विपन्न तथा हिंसा पीडित महिला बालबालिकाहरुको राहत तथा पुनःस्र्थापनाका लागि भुमिका निर्वाह गर्दै आएको छ ।