दमक/ इलामको माङसेबुङ गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन तथा वित्तीय जोखिम मुल्याङ्कन सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार माङसेबुङ गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सहभागी थिए ।
सहभागीहरुलाई जिल्ला समन्वय समिति इलामका जिल्ला समन्वय अधिकारी प्रेमकुमार काफ्ले र सूचना प्रविधि सहायक कुमार निरौलाले सहजीकरण गरेका कार्यपालिका सदस्य सुसन राईले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यता रहेको थियो । पालिकाको बार्षिक योजना अन्तर्गत सो कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।
