दमक/ नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको सभापतिमा पुनः चन्द्र साह चुनिएका छन् । रेडक्रस कमलको १० औ उपशाखा सभाको निर्वाचन कार्यक्रमबाट साह पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

११ सदस्यीय निर्विरोध निर्वाचित कार्यसमितिको उपाध्यक्षमा चन्द्रकला भण्डारी,सचिवमा पारषमणि राई ,उपसचिवमा बिष्णु सुब्बा , कोषाध्यक्षमा प्रमोदकुमार दाहाल र सहकोषाध्यक्षमा सन्तोष राई रहेका छन् ।

यसैगरि, सदस्यहरुमा रविन कार्की,सुरेन्द्र लिम्बू,तुलसी तिवारी , सीताराम चम्लागाई र महिला सदस्यमा बिमला भट्टराई निर्वाचित भएको निर्वाचन समितिका संयोजक मित्रदेव काफ्लेले बताए ।

दुई बर्षे कार्यकालका लागि निर्वाचित सभापति साह उपशाखाका संस्थापक सभापति समेत हुन् । उनकै अगुवाईमा त्तत्कालीन लखनपुरमा रेडक्रस स्थापना भएको थियो । कमल रेडक्रस जिल्लाकै एक उत्कृष्ठ उपशाखाका रुपमा दुई पटक पुरस्कृत भईसकेको छ । रेडक्रस कमलले सामाजिक गतिविधिहरुसंगै गाँउबासीको सेवामा दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् ।

पछिल्लो समय पालिकाको सहयोगमा रेडक्रसले सुत्केरी महिलाका लागि अस्पतालसम्म आउजाउ गर्न निशुल्क एम्बुलेन्सको सेवा समेत पुरयाँउदै आएको सभापति साहले बताएका छन् ।

Facebook Comments Box