दमक/ तेह्रथुमको आठराई संक्रान्तीमा अवस्थित ईलाका प्रहरी कार्यालय आठराइको नवनिर्मित कार्यालय भवन उदघाटन गरिएको छ ।

एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले मंगलबार भवनको उदघाटन गरेका हुन । सो अवसरमा गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न बनाइनु आवश्यक रहेको भन्दै यसले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसला मिल्ने बताए ।
उनले सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित २ करोड ६९ लाख ५ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन भएको हो । सो कार्यक्रममा स्थानीय जन प्रतिनिधिहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधीहरु सहभागी थिए ।
