गौरीगञ्ज / गौरीगञ्ज गाउँपालिका वडा नं ३ स्थित सुदामभिट्टाका एक जना किसानको गोठमा आगलागी हुँदा ७ वटा खसी बाख्रा जलेर मरेका छन । वैजनाथ यादवकाे  चौपाया बाँध्ने गोठमा आगलागी भएको हो ।
अागाे ताप्नेक्रममा राति करिब ८ बजे आगलागी भएको हो। आगलागीबाट २ वटा गुहाली ( गोठ) घर, ७ वटा खसी बाख्रा , सिरक डस्ना, परालकाे कुन्यु जलेर नष्ट भएकाे वार्ड नं. ३ का वडा सदस्य सुशील राईले जानकारी दिएका छन् ।

गाैरादह नगरपालिकाकाे दमकल, ईलाका प्रहरी कार्यालय गाैरीगंजबाट खटी गएकाे प्रहरी र स्थानियहरूसमेतकाे सहयाेगमा आगाे निभाउने कार्य भईरहेकाे गाैरीगंज रेडक्रस साेसाईटीका सभापति यादव रिजालले बताए ।

Facebook Comments Box