दमक/ संघीय लिम्बुवान मञ्च नेपालले आसन्न उपनिर्वाचनमा सक्रिय सहभागिता जनाउने भएको छ ।
आसन्न उपनिर्वाचन लगायतका विविध विषयमा बसेको केन्द्रीय समितिको बैठकले यहि मंसिर १४ गते प्रस्ताव गरिएको उपनिर्वाचनलाई प्रभावकारी ढंगले सहभागिता जनाउने निर्णय भएको महासचिव अशोक चेम्जोङ्गले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष कुमार लिङ्देन मिराकको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचनलाई भरपूर प्रयोग गर्न गाँउ,नगर ,जिल्ला तथा प्रदेश समितिलाई समेत सशक्त रुपमा लाग्न परिपत्र गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
बैठकले राज्यद्वारा भईरहेको बिकास र पर्यटनको नाममा पाँचथरको तिम्बुङ पोखरी लगायतका सांस्कृतिक पुरात्वातिक अतिक्रमण रोक्न माग गर्नुका साथै असमाबेसी र आरक्षण बिरोधी लोकसेवा बिज्ञापन बिरुद्ध थप कार्यक्रमहरु लिएर आन्दोलनमा जाने समेत निर्णय भएको महासचिव चेम्जोङ्गले जानकारी दिनुभयो ।

Facebook Comments Box