दमक/ दमकस्थित मिसाल मार्केटमा व्यवसायीहरुले स्वैच्छिक रुपमा दानपेटीकामा जम्मा गरेको रकम यहाँका एक जना क्यान्सर पीडितको उपचारार्थ सहयोगार्थ हस्तान्तरण गरिएको छ ।
दमक ३ दोघरेका क्यान्सर पीडित ५२ बर्षिय हर्कबिर विश्वकर्माको परिवारलाई दानपेटिकामा संकलन भएको मध्ये १० हजार ५ रुपैयाँ रकम सहयोग गरिएको दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका व्यवसायी सन्तोष पौडेलले जानकारी दिए । आर्थिक अवस्था समेत कम्जोर रहेका विश्वकर्मा धरानमा उपचाररत छन ।
सोमबार मिसाल बजार परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच सो सहयोग रकम हस्तान्तरण गरिएको थियो । एक बर्ष अघि त्यहाँका व्यवसायीहरुले दानपेटिका राखेर माता पाथीभराका नाममा स्वैच्छिक रुपमा दान रकम जम्मा गर्दै आएका थिए । सो सहयोग हस्तान्तरणपछि पनि दानपेटिका निरन्तर रुपमा राख्ने र आर्थिक विपन्नहरुको उपचार तथा विशेष सहयोग आवश्यक भएको अवस्थामा सो रकम प्रदान गर्ने कामलाई निरन्तरता दिइने व्यवसायीहरुले बताएका छन ।

Facebook Comments Box