दमक/ प्रदेश नं १ का प्रदेशसभा सदस्यको सपथ आज सोमबार हुँदैछ ।  दिउँसो १ः३० बजे प्रदेश सभा सदस्यहरुको सपथ गराउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई मध्याह्न १२ः३० प्रदेश सभाध्यक्षका रुपमा शपथ गराउनुहुनेछ । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएकत्तो प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
प्रदेशसभामा पाँच जना सांसदले मातृ भाषमा लिनुहुने जनाइएको छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुमरलिम्बू)मा शपथ लिने सचिव पराजुलीले जानकारी दिनुभयो ।
सांसदले सकेसम्म राष्ट्रिय पोसाक नभए सांस्कृतिक झल्किने पोसाकमा आउन सूचना जारी भएको र प्रदेशसभामा प्रत्येक सांसदलाई एक थान लोगो, एक थान ब्याग र केही पुस्तक उपलब्ध गराउने तयारी भएको बताइएको छ ।
प्रदेशमा सबैभन्दा ज्येष्ठ सांसद गनगाईंको जन्म मिति २००० साल छ महिना २० गते छ भने सबैभन्दा कान्छो सांसद बन्दना झाँगरको जन्म २०४३ साल तीन महिना १५ गते छ । झापा कमलकी बासिन्दा हुन । उनी नेकपा माओवादी केन्द्रबाट समानुपातिक बाट प्रदेश सभा सदस्य बनेकी हुन ।
आइतबार साँझदेखि बदलिएको राष्ट्रिय राजनीतिको समिकरणले प्रदेश एक सरकारको नेतृत्व एमालेले गर्ने सम्भावना देखिएको छ । केन्द्रमा तत्कालिन सत्तारुढ गठबन्धन भत्किएको र एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रुपमा स्विकारेसंगै अव एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रभाव रहेको प्रदेश एकमा एमालेले प्रदेश सरकार बनाउने सम्भावना बलियो बनेको हो ।
प्रदेश नं १ नेकपा (एमाले) संसदीय दलको नेतामा हिक्मतकुमार कार्की आइतबारनै चयन भइसकेका छन ।

 

Facebook Comments Box