दमक/ नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईसहित १० जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । उपशाखाको आइतवार सम्पन्न १० औ उपशाखा सभाका अवसरमा रेडक्रसका आजीवन सदस्य अध्यक्ष राईसहित १० जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेमा कमल १ का वडाअध्यक्ष केदार कटुवाल,कमल ५ का वडाअध्यक्ष एलवी विष्ट, वडा न. ६ का वडाअध्यक्ष नरेन्द्र भट्टराई, कमल ७ का वडाअध्यक्ष पृथ्वीपति राई,वडा सदस्यहरु चन्द्रकला सुब्बा, ओम पराजुली , कल्पना राई र प्रदेश सभा सदस्य बन्दना झाँगर रहेका छन् । उनीहरुलाई पालिका अध्यक्ष राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी ,रेडक्रसका जिल्ला उपसभापति मित्रदेव काफ्ले लगायतले दोसल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए । कमल ५ मंगलवारे स्थित रेडक्रसकै आफनै सभाहलमा आयोजित उपशाखा सभाको बन्दसत्रमा रेडक्रसका सचिव पारषमणि राईले सांगठानिक र कोषाध्यक्ष प्रमोदकुमार दाहालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन बन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।