दमक/ झापाको शिवसताक्षीमा अवस्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा नारायण प्रसाद बजगाइँ निर्वाचित भएका छन ।
शनिबार सम्पन्न संस्थाको निर्वाचनको शनिबार मध्यरातमा सार्वजनिक मत परिणाम अनुसार बजगाइँले ४८४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्द्धी छबिलाल पाठकले २२० मत पाएका छन ।
त्यसैगरी सञ्चालक समिति सदस्य ६ जनाका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अग्नी प्रसाद दुलाल, कृष्णकुमार सुवेदी, सन्तोष भण्डारी, अनु अधिकारी,गंगाधर तिम्सिना र बाबुराम भट्टराई निर्वाचित भएका छन ।
संस्थाको लेखा समिति संयोजकमा धनबहादुर कटुवाल ४०० मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्धन्द्धी भिमबहादुर कार्कीले २३९ मत पाएका छन ।
कूल ९६४ मतदाता रहेको सो संस्थाको निर्वाचनमा ७१९ मत खसेको थियो ।
