दमक/दमकस्थित हिमालय माविको एसएलसी २०४४ समुहले २०७१ सालदेखि गर्दै आएको पुनर्मिलन तथा वनभोज कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिएको छ । पर्यटकीयस्थल चपेटीमा शनिबार औपचारिक रुपमा राखिएको सो समुहका पूर्व बिद्यार्थीहरुको भेलामा तीन जनालाई सम्मान समेत गरिएको छ ।


दमक आसपासमा आफ्नो पेशा व्यवसाय गरेर बस्दै आएका ४२ जना सो समुहका पूर्व बिद्यार्थीहरु सहभागी सो कार्यक्रममा हाल महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक डा. अच्यूत कट्टेल, राष्ट्रिय खेलाडी नर्वदा विष्ट र एम्बुलेन्स चालक लिला बस्ताकोटीलाई सम्मान गरिएको आयोजक समुहका अध्यक्ष डा. लेखनाथ न्यौपानेले जानकारी दिए ।
उनीहरु तीनै जना सो बिद्यालयका भूतपूर्व बिद्यार्थी हुन ।
सोही भेलाले पुनः डा. नेतृत्वमा नयाँ कार्य समिती पनि गठन भएको छ । डा. न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन अनन्त सेनेहाङ र भीम पौडेलले गरेका थिए । सो समुहले यसअघि स्थापना कालमा आफना गुरुहरुलाई सम्मान, बिद्यालयमा फर्निचर सहयोग हस्तान्तरण लगायतका शैक्षिक सहयोग तथा गतिबिधिहरु गरेको थियो । बर्षेनी फरक फरक प्रकृतिका कार्यक्रमसहित वनभोज तथा पुनर्मिलन कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments Box