दमक/ नेपाली कांग्रेस दमक नगर उपसभापति एवं सामाजिक व्यक्तित्व प्रेम भट्टराईलाई पितृशोक परेको छ । श्री कृष्ण प्रणामी मन्दिर दमकका संस्थापक अध्यक्ष एवं बर्तमान मन्दिर अध्यक्ष समेत रहेका भट्टराईका बुबा नारायण प्रसाद भट्टराईको शनिबार बिहान करीब साढे ५ बजे निधन भएको हो । उनको आज दिउँसो २ बजे इटहरीस्थित बुढीगंगा नदीमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
दमक ५ नारायणगोपाल टोल निवासी भट्टराई केही बर्षदेखि अस्वस्थ थिए ।

स्वर्गीय भट्टराईका छोराहरु मध्येका सुबास भट्टराई शेयर बजार सम्बन्धीका विज्ञ मानिन्छन । उनी सञ्चार उद्यमी पनि हुन ।