गौरादह/ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गौरादह नगरको तेस्रो नगर परिषद् सम्पन्न भएको छ । शुक्रबार आयोजित सो कार्यक्रममा अवकाश प्राप्त तीन जना शिक्षकलाई सम्मान गरिएको छ ।
जनता माध्यमिक विद्यालय गौरादह– १ को सभाकक्षमा संगठनका गौरादह नगर समितिका अध्यक्ष लिलानाथ गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य बुद्घिमान कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
सङ्गठनका झापा जिल्ला समितिका अध्यक्ष द्रोण श्रेष्ठको विशेष आतिथ्यता रहेको कार्यक्रममा हालै अवकास प्राप्त शिक्षक त्रय डिल्लीराम भट्टराई, यामबहादुर कार्की र प्रह्लादकुमार गौतमलाई सम्मान गरिएको थियो ।
सङ्गठनका सचिव दीपक सुवेदीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सङ्गठनका उपाध्यक्ष थानेश्वरी ढकालले स्वागत गरेका थिए भने सचिव दीपक सुवेदीले सञ्चालन गरेका थिए ।

Facebook Comments Box