दमक / झापाको शिबसताक्षी नगरपालिका वडा नं. १० टेक्रा स्थित कन्काई बगरको कासघाँरीमा मृत फेला परेका इलाम देउमाई घर भई कन्काई नगरपालिका वडा नं. ४ मा बस्ने पदमलाल बास्तोलाको उनकै भाईबुहारीले हत्या गरेको पाइएको छ ।

मृतकको आफ्नै बुहारी (भाईको श्रीमती) ४८ की रनमाया बास्तोलाले उनलाई हँसिया प्रहार गरेर हत्या गरेको खुलेको हो । रनमायालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पुष ६ गते घाँस काट्न गएको बेला हँसिया प्रहार गरेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्याल झापाले जनाएको छ ।

रनमायालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box