काठमाडौं /सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले अदालतको आदेशमा रिहा गरेको छ । कार्की ०७५ चैत १ गते पक्राउ परेका थिए ।
प्रहरी नियन्त्रणमा रहेका कार्कीमाथि अभद्र व्यवहारसम्बन्धी आरोप लागेको थियो । उनीविरुद्ध चलेको अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीले आईतबार छाड्ने आदेश दिएपछि उनी थुनामुक्त भएका काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका उच्चस्तरका नेता पक्राउ परेका छन् । कार्की यी नेतामध्ये रिहा हुने पहिलो नेता बनेका छन् । कार्की विप्लव समूहका वार्ता पक्षधर नेताका रुपमा चिनिन्छन् । थुनामा रहेका उनले केही दिनअघि मात्रै वार्ताबाट समस्याको निकास खोज्नुपर्ने बताएका थिए ।

Facebook Comments Box