बङ्गलादेशसँग नेपाल पराजित

Author Nishkarsha News
२०७९ पुष ७, बिहीबार १९:२४

दमक/ बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २६–२४ ले पराजित भयो भने दोस्रो सेटमा २५–२२ ले पराजित भयो । त्यसैगरी नेपालले तेस्रो तथा अन्तिम सेट २५–२१ ले गुमायो । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । नेपालले अब आफ्नो दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्नेछ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्