तेह्रथुम/ तेह्रथुमको छथर गाउँपालिकाले नवजात शिशु स्वागत उपहार कार्यक्रम २०७९ सुरु गरेको छ । छथर अस्पतालमा गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले २ जना नवजात शिशुलाई मंगलबार स्वागत गर्दै उपहार प्रदान गरेर सो कार्यक्रमको शुरुवात गरेका हुन ।
छथर गाउँपालिकाका स्वास्थ्य संयोजक गिरिराज खड्का, छथर अस्पतालका प्रमुख डा.विवश थापा तथा अस्पतालका कर्मचारीको उपस्थितिमा सो कार्यक्रम शुरु गरिएको हो ।
सो कार्यक्रम निरन्तर चलिरहने पालिका अध्यक्ष लिम्बुले बताए । शिशु स्वागतको लागि अस्पतालबाट जारी भएको जन्म प्रमाण तथा चिनो स्वरुप उपहार र शिशु सुताउन प्रयोग गरिने डसना सहितको झुल वितरण गरिएको स्वास्थ्य संयोजक खड्काले बताए ।
