झापामा हात्तीले एक जनाको ज्यान लियो

Author Nishkarsha News
२०७९ पुष ५, मंगलवार १८:४०

दमक/हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ ।
मंगलबार अपरान्ह अन्दाजी साढे ४ बजे बाह्रदशी गाउँपालिका वडा नं.१ का ३७ बर्षिय जगत बहादुर भुजेलको मृत्यु भएको हो ।
कचनकवल गाउपालिका वडा नं.१ स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घाँस दाउरा गरेर फर्केने क्रममा सामुदायिक वन संग जोडिएको यज्ञ ओलीको खेतमा पसेको हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्