चारआली जङ्गलमा आज दुई शव फेला

Author Nishkarsha News
२०७९ पुष ४, सोमबार २२:११

मेचीनगर/  झापाको मेचीनगरस्थित चारआली जङ्गलमा आज दुई शव फेला परेको छ । अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र त्यस्तै उमेर समूहको पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ । उहाँका अनुसार शवको पहिचान भइसकेको छैन ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्