जनता माविका २० जना बिद्यार्थीलाई न्यानो कपडाको सेट

Author Nishkarsha News
२०७९ पुष ४, सोमबार ११:२४

दमक/दमकस्थित न्यू नव दुर्गा ज्वेलर्स प्रोप्राइटर तथा सामाजिक अभियानमा क्रियाशील सन्देश कालिकोटे र काजी राउतको सक्रियतामा २० जना विपन्न बिद्यार्थीहरुलाई न्यानो कपडाको सेट प्रदान गरिएको छ ।


कालीकोटे र राउतले दाताहरुले प्रदान गरेको सहयोग सामग्री इलामको चुलाचुली १ स्थित जनता माविका ति बिद्यार्थीलाई प्रदान गरिएको हो । बिद्यार्थीहरुलाई न्यानो स्वीटर, टोपी, ट्राउजर र मोजा सेट प्रदान गरिएको राउतले जानकारी दिए । ति बिद्यार्थीलाई कूल १७ हजार रुपैयाँ बराबरको सहयोग सामग्री बिद्यालयमा नै पुगेर हस्तान्तरण गरिएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्