दमक/ झापाका भएका दुई अलग अलग दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन ।
आइतबार पूर्वपश्चिम राजमार्गा अन्तर्गत मेचीनगर–१३ चारआलीमा उत्तर बाट दक्षिण तर्फ आउँदै गरेको मे७प १७२८ नम्बरको मोटरसाइकललाई पश्चिम तर्फ आउँदै गरेको ना८ख ३३३६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार ईलाम रोङ गाउँपालिका वडा नं ६ की २३ बर्षिया उशा राईको मृत्यु भएको हो ।
दिउँसो भएको सो दुर्घटनाकी गम्भिर घाईते राईको उपचारका क्रममा बि एण्ड सि अस्पताल बिर्तामोड राती करीब ९ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही ठाउँका ३२ बर्षिय केशर राई र ट्रक चालक मिक्लाजुङका ३२ बर्षिय सुन्दरराज आङदेम्बेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी दमकस्थित पशुहाट डाँडामा पुर्व बाट पश्चिम तर्फ आईरहेको प्र१–०२–०४५प ९०६२ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आईरहेको को१ख ७१८५ नम्बरको टिफरले ठक्कर दिदा गौरीगञ्ज ६ का ३५ बर्षिय घनश्याम प्रसाद राजबंशी घाईते भएका छन ।