दमक/ दमकमा हालै स्थापना भएको सामाजिक संस्था साथीभाइ समूहले आफनो पहिलो साधारण सभा गरेको छ । शनिबार दमक उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको प्रथम साधारण सभाको उदघाटन गर्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सामाजिक कामका लागि युवाहरु अग्रसर हुनु सुखद पक्ष भएको बताउँदै दमकको बिकास र समृद्धिका लागि सकारात्मक सोचका साथ अघि बढन आव्हान गरे ।
उनले यस किसिमका सामाजिक संस्थाहरुसंग स्थानीय सरकार सहकार्यका लागि तयार रहेको पनि उल्लेख गरे । साधारण सभाको उदघाटन कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठ, इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिप गिरी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।


साधारण सभाको उदघाटन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, नेपाली कांग्रेस दमक नगर समितिका कार्यबहाक सभापती युवराज खनाल (सागर), पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेत, राप्रपाका नगर अध्यक्ष हेम सुवेदी लगायतको आतिथ्य रहेको थियो । साधारण सभाले गंगा प्रसाद सिटौलाको अध्यक्षतामा उपाध्यक्ष योगेन्द्र खत्री, सचिब दीपेन्द्र तिवारी , सहसचिब दिलिप गेलाल र कोषाध्यक्ष असोक पाख्रिन रहेको संस्थाको कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका सदस्यहरुमा जीवन दुलाल, चन्द्र खत्री, खिलुराज खरेल, राजु ठकुरी, शकर शाह,कमल कटुवाल, कुमार ढकाल र पदम ढुंगाना चयन भएका छन ।

 

Facebook Comments Box