दमक/पूर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल ५ मा आज शुक्रबार दिउँसो भएको दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ ।
दिउँसो करिब पौने २ बजे भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ कि ५८ वर्षिया तुलसा देवी गुरुङको मृत्यु भएको हो ।
पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्गमा पश्चिम तर्फ मोड्ने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा५ख ४८१३ नम्बरको बसले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल पछाडी सवार गुरुङको घट्नास्थलमा नै मृत्यु प्रहरीले जनाएको छ ।