दमक/ क्लब हिमालयन टाइगर दमक शाखाले दमक ४ स्थित बिद्योदय आधारभुत बिद्यालयका बालबालिकालाई स्कूल ब्याग र अन्य शैक्षिक सामग्री प्रदान गरेको छ ।
विद्यालयका ३५ जना विपन्न विद्यार्थीहरुलाई स्कुल व्याग र स्टेशनरी सामाग्री वितरण गरेको गरिएको क्लबका अध्यक्ष दिपक खडकाले जानकारी दिए ।
दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा आज विद्यालयमा एक कार्यक्रमा गरि ती सहयोगी सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा क्लब हिमालयन टाइगर दमक शाखाका अध्यक्ष दिपक खड्का , केन्द्रीय बरिष्ठ उपाध्यक्ष जे विमली, क्लब हिमालयन टाईगरका संस्थापक सदस्य तथा दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, क्लबका केन्द्रीय सदस्य सुजन आचार्य, लायन्स क्लव जोन चेयर पर्सन नेत्र चम्लागाई, कमल गाउँपालिका संयोजक केदार चापागाँई, लगायत क्लबमा विभिन्न शाखाका पदाधिकारी साथै अन्य विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

