पाँचथर/ पाँचथरको फिदिम नगरपालिका १३ मा आगोले जलेर एक जना बृद्धा महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ९२ बर्षीया सुकमति नेम्वाङ रहेकी छन् । फिदिम १३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकी नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जलेर मृत अवस्थामा फेला परेकी हुन । उनको जिल्ला अस्पताल पाँचथरमा पोस्टमार्टमका लागि पठाईएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बुधबार बिहान घरबाट धुँवा निस्केको स्थानिय मानिसले देखेर घर भित्र गई हेर्दा बृद्धा महिलाको शरीरमा आगो सल्केको देखि पानी खन्याई आगो निभाएका थिए ।

Facebook Comments Box