दमक/ बिहीबार बिहान  १ बजे गौरादहमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाई घाईते भएका छन ।
गौरादह १ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ गईरहेको मे९प ४५२४ नम्बरको मोटरसाइकल अनियन्त्रति भई वडा कार्यालय अगाडीको गेटमा ठोक्किएर भएको दुर्घटनामा बिर्तामोड ३ बस्ने १९ बर्षिय समिर लुवागुन र भाई १८ बर्षिय विवेक लुवागुन घाईते भएका हुन । उनीहरुको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box