दमक/ मोरङको सुन्दरहरैचा ४ चरिगुवास्थित भित्री कच्ची सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ त ३०५४ नम्बरको ट्याक्टरले उत्तरबाट पश्चिम तर्फ बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिदाँ गम्भिर घाईते भएका सोही ठाउँका धर्मलाल सरदारका ९ बर्षिय छोरा मिलन सरदारको उपचारका क्रममा मृत्यु भएको हो । दिउँसो भएको सो दुर्घटनाका घाईते उनको मंंगलबार राती उपचारका क्रममा विराटनर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box