दमक/ दमकमा महिलाहरुद्धारा सञ्चालित सुन्दर समाज नेपाल नामक सामाजिक संस्थाले आज सोमबार इलाका प्रहरी कार्यालय दमकको हिरासतमा रहेका थुनुवालाई न्यानो कम्बल वितरण गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय दमकसंगको सहकार्यमा सो संस्थाले १२ थान कम्बल हस्तान्तरण गरेको हो ।
ति कम्बल सुन्दर समाज नेपालकी पदाधिकारी झरना लक्समको जन्मदिनको अवसर पारेर प्रदान गरिएको संस्थाले जनाएको छ । कम्बल हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिप गिरीले संस्थामा आवद्ध सदस्यहरुको यस खाले अभियानको प्रशंसा गरे । उनले थुनुवाहरुसंग नेपाल प्रहरीले मानव अधिकारको विश्वव्यापी मान्यता अनुसारको व्यवहार गरिआएको बताए ।
कार्यक्रममा संस्थाकी अध्यक्ष बिन्दु सिटौला लक्कीले थुनुवाहरुले समेत कानुनी प्रकृया पूरा गरेर खुल्ला समाजमा फर्किएपछि समाज परिवर्तनमा उदाहरणीय कामहरु गर्न सक्ने उल्लेख गरिन । हरेक नागरिकको सहज जिवनयापन गर्न पाउनु नैसर्गिक अधिकार भएकाले मानव अधिकारको सम्मानमा समाजका सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष रुपा सेलिङ, लायन्स लिडर प्रनिता पौडेल लगायतको आतिथ्य रहेको थियो ।
संस्थापक अध्यक्ष रुपा सेलिङ रहेको सो संस्थाको वर्तमान कार्यसमितिमा अध्यक्ष सिटौला, वरिष्ठ उपाध्वक्ष जमुना शेर्मा राई, महासचिव गंगा ढकाल, सचिव मनु साम्पाङ, कोषाध्यक्ष झरना लक्सम र सदस्यहरुमा पुनम लिम्बू, कुसुम खनाल, बिमु जोशी र अनु ताजपुरीया चेम्जोङ रहेका छन ।