बिराटनगर/ झापा र मोरङका छुट्टा छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हिजो शुक्रबार राती साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका–३ स्थित चारपाने–राजगढ सडक खण्डमा प्रदेश १–०१–००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाईते भएका ट्याक्टरका चालक बाह्रदशी–३ का २२ बर्षीय लखिराम सतारको उपचारका क्रममा मृत्यु भएको हो । उनको प्रादेसिक अस्पताल भद्रपुरमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
त्यसैगरी मोरङको लेटाङ नगरपालिका–९ स्थित तेली खोलाको निर्माणाधिन पुलमा को.१ख ४०७७ नम्वरको मिक्सचर मेसिनले सुर्य एण्ड सन्स कन्ट्राक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका–१४ सिरहाका २४ बर्षीय सुनिल साहलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

Facebook Comments Box