दमक/ सिर्जना घिसिङले विश्व पारा तेक्वान्दोको ग्राण्ड प्रिक्स (जी १०) मा स्वर्ण पदक जितेकी छिन्।   पारा तेक्वान्दोको इतिहासमा ग्राण्ड प्रिक्समा नेपालले जितेको यो पहिलो ऐतिहासिक स्वर्ण पदक हो।

साउदी अरेबियाको रियादमा भएको फाइनलमा विश्व वरीयताको शीर्ष स्थानमा रहेकी टर्कीकी क्याभडर मेरयेम बेटुललाई १२–० अंकका आधारमा पराजित गर्दै सिर्जनाले स्वर्ण पदक जितेकी हुन्। पारा तेक्वान्दोको ५२ केजीमूनिको तौल समूहमा सृजनाले इतिहास रचेकी हुन्।

सिर्जनाले क्वाटरफाइनलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेकी मेक्सिकोकी जेसिका क्वीजानोलाई ८–७ अंकका आधारमा तथा सेमिफाइनलमा तेस्रो वरीयताकी ब्राजिली खेलाडी क्रिष्टियन नासिमेन्तोलाई १५–१३ अंकका आधारमा हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्।

Facebook Comments Box