दमक/ नेकपा माओवादी केन्द्रका नेता एवं सामाजिक व्यक्तित्व गगन पुरीले आफनी आमाको १३ औं बार्षिक स्मृति दिवसमा आश्रममा रहेका बृद्धबृद्धालाई न्यानो दोसल्ला ओढाएर सम्मान गरेका छन ।


आमा रुपादेवी पुरीको स्मृति दिवसको अवसर पारेर शुक्रबार पुरी दम्पत्तीले दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक बृद्ध आश्रममा बसोबास गर्दै आएका ९ जना बृद्धबृद्धालाई सम्मानसहित भोजन गराएका हुन । स परिवार आश्रममा पुगेका पुरीले हरेक ज्येष्ठ नागरिकहरु अनुभवका खानी भएकोले उनीहरुको सम्मानले समाजमा सुसंस्कारको बिकासमा टेवा पुग्ने विश्वास लिइएको बताए । पुरीले पितृहरुको सम्झनामा उनीहरुप्रति श्रद्धा स्वरुप सेवामुलक त्यस्तो कार्य गरिएको बताएका छन ।

Facebook Comments Box