कन्काई/ झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १ का २२ बर्षीय ओमप्रकाश राउत रहेका छन् ।

आज बिहान ६ बजे ना ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १ ०१ ०१३ प ४०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका राउतको उपचारको क्रममा बिएण्डसि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटनामा संलग्न ट्रक चालक मोरङ पथरी शनिश्चरेका पर्सुराम थापालाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

Facebook Comments Box