दमक/दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व विरेन्द्र पोखरेललाई मातृशोक परेको छ । दमक ३ आमचोक निवासी पोखरेलकी आमा ८६ बर्षिया पवित्रादेवी पोखरेलको केहीबेर अघि निधन भएको हो ।
स्वर्गीय पोखरेलका छोराहरु कृष्णप्रसाद र विरेन्द्र हुन । उनको आज शनिबारनै दिउँसो कन्काईमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
