नेकपा महासचिव विप्लवलाई मातृशोक

Author Nishkarsha News
२०७९ मंसिर १७, शनिबार ११:०८

दमक/ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई मातृ शोक परेको छ । चन्दकी आमा ८९ बर्षिया आशिकादेवी चन्दको कपिलवस्तुस्थित निवासमा आज शनिबार बिहान ९ बजे निधन भएको पार्टीका केन्द्रिय सदस्य सुमन सिंले जानकारी दिए ।

स्वर्गीय आशिकादेवीका अर्का छोरा जयन्द्रबहादुर चन्द पार्टी सम्बद्ध गणतान्त्रिक खेलकुद महासंघको केन्द्रीय अध्यक्ष हुन ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्